मौद्रिक नीति भोलि शुक्रबार ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं,१० साउन । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । सरकार परिवर्तनले गर्दा केहि ढिलाई भएको नीति भोलि सार्वजनिक गर्ने गरी तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सरकार परिवर्तन पछि मौद्रिक नीतिमा केहि फेरबदल गरि तयारी सबै सकिएको भएपनि सरकार परिवर्तका कारण अन्तिममा आएर नीति सार्वजनिक गर्न केहि ढिलाई भएको थियो । राष्ट्र बैंकले गत शुक्रबार नै नीति सार्वजनिक गर्ने तयारी गरेपनि सरकार परिवर्तनपछि मौद्रिक केहि ढिलाई भएको थियो। गत साता नै राष्ट्र बैंकको उच्च व्यवस्थापन तहले मौद्रिक नीति पारित गरिसकेको थियो ।

राष्ट्र बैंकको शुक्रबार बोर्ड बैठक बस्दै छ । जसमा मुख्य एजेण्डा मौद्रिक नीति पारित गर्ने नै हुन सक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोले पनि शुक्रबार आउने सम्भावना उच्च रहेको उनले बताए । मौद्रिक नीतिको सबै तयारी पुरा भइसकेको छ, शुक्रबार राष्ट्र बैंकको बोर्ड बैठक समेत बोलाइएको छ । बोर्डले मौद्रिक नीति पारित गरे शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ ।

राष्ट्र बैंकले यस पटक अर्थतन्त्र चलायमान हुनेगरी लचिलो व्यवस्थासहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कर्जा विस्तार बढाउने गरी मौद्रिक नीतिमा केहि नीतिगत परिवर्तन गर्ने तयारीमा राष्ट्र बैंक छ ।

राष्ट्र बैंकले यसपटक निर्माण क्षेत्रलाई विशेष सहुलियत दिने देखिएको छ । यस्तै घरजग्गा र शेयर बजारमा पनि केन्द्रीय बैंकले थप लचिलो बन्ने संकेत दिएको छ । शेयर धितो कर्जाको जोखिमभार घटाउने तयारी राष्ट्र बैंकको छ । साथै, बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्