सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,१० साउन । बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँ घटेको छ ।

छापावाल सुन आज १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्