यो साता सेयर बजारमा साढे १ अर्बको कारोबार, नेपाल बैंकको सबैभन्दा बढी

काठमाडौँ । यो साता सेयर बजारमा १ अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो गत साताको तुलनामा ६६.३३ प्रतिशतले कम हो ।  गत साता ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर  खरिद बिक्री भएको थियो । यो साता १७६ कम्पनी कारोबारमा आए । गत साता १८२ कम्पनी कारोबारमा आएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७.१४ अंकले बढेर अन्तिम दिन १३६६.१५ अंकमा पुगेको छ ।

यो साता ३ दिन मात्र सेयर बजार खुला रहेकाले पनि गत साताको तुलनामा यस साता कारोबार रकममा गिरावट आएको देखिएको हो ।

कारोबार रकम (आठ करोड ५९ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ४२ हजार कित्ता) को आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

कारोबार संख्या (१६३० वटा) को आधारमा भने स्वदेशी लघुवित्त बित्तिय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्