नेशनल लाईफको ३६औं वार्षिक साधारण सभा भदौ ७ गते, कति बितरण गर्दैछ लाभांश ?

काठमाडौैं, ८ साउन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३६ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गर्दै सभा बोलाएको हो ।

इन्स्योरेन्सले चुक्ता पूँजीको ४ प्रतिशत अर्थात २० करोड ४ लाख ६६ हजार ६५७ रुपैयाँ बरावरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । साथै इन्स्योरेसले चुक्ता पूँजीको १० प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्दै सभा बोलाएको हो । सभाले नगद लाभांश र बोनस शेयर वापतको कर प्रयोजनको तीन करोड ६९ लाख २८ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ ।

सभा नेशनल लाईफको आफ्नै केन्द्रिय कार्यालय लाजिम्पाटमा भाद्र ७ गते शुक्रबार १०ः३० बजेलाई बोलाएको हो । इन्स्योरेन्सको प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारण सभामा भाग लिनको लागि साउन २३ गते बुधबारसम्म शेयरधनी बनिसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्