जिप दुर्घटनामा परी आईएमई बैंकका शाखा प्रमुखसहित दुईको मृत्यु

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकको बा. १७ च १२१७ नम्बर जिप गएराति बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख रामबहादुर हमाल र सोही बैंकमा कार्यरत कञ्चनपुर घर भएका भुवन पन्तको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । जिपको पछाडिको चक्का फुस्किएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्