डा. खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्तिसंगै रोकियो मौद्रिक नीति

काठमाडौं,४ साउन । आज सार्वजनिक गर्न तयारी गरिएको मौद्रिक नीति अन्तिम अवस्थामा आएर रोकिएको छ । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज सार्वजनिक गर्ने तयारी गरेका थिए ।

आज बिहान केन्द्रीय बैंकको बोर्ड बैठक बोलाइएको थियो । तर अन्तिम समयमा आएर आज बैठक नहुने जानकारी गराइएको छ । बोर्डमा छलफल गर्न समय नपुगेर आजको निर्धारित कार्यक्रम रोकिएको हो । स्रोतका अनुसार हिजोमात्र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त भएका डा. युवराज खतिवडाले मौद्रिक नीतिका बारेमा जानकारी लिन चाहेपछि आज सार्वजनिक गर्न लागिएको नीति स्थागित गरिएको हो । अब कहिले सार्वजनिक गर्ने भन्ने बारे टुंगो लाग्न भने बाँकी छ ।

केन्द्रीय बैंकले यसपटक लचिलो मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । सेयर बजारका लगानीकर्ता पनि यसपटक निकै आशावादी बनिरहेका छन् । तर राष्ट्र बैंका पूर्व अधिकारी र पूर्व बैंकका सिइओ भने शेयर बजार प्रति धेरै लचिलो बन्न नहुने, अर्थतन्त्रलाई चलायमा बनाउने खालको मौद्रिक नीति ल्याउनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्