सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं,३ साउन । बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । पछिल्लो चार दिनदेखि लगातार सुनको मूल्यले नयाँ उचाइ बनाउदै बढेको थियो । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सुनको मूल्य गत शुक्रबारदेखि निरन्तर रुपमा नयाँ रेकर्ड बनाउदै बढेको थियो ।

त्यस्तै, महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्