सुनको मूल्य निरन्तर बढ्दै, आज प्रतितोला दुई हजार रुपैयाँले बढ्यो
काठमाडौं, २ साउन । बुधबार सुनको मूल्य निरन्तर बढ्दै नयाँ उचाइमा पुगेको छ । लगातार चार दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा नयाँ उचाइ बनाउदै बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर हालसम्मकै उचाइ कायम गरेको हो । सुनको मूल्य गत शुक्रबारदेखि निरन्तर रुपमा नयाँ रेकर्ड बनाउदै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरि, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज बजारमा चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्