घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालन
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले बैशाख १६ गते कास्कीको अन्नपुर्ण गाउँपालिको घान्द्रुकमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म १९शाखा रहित बैंकिङ्ग सेवा सुचारु भएको बैंकले जनाएको छ । ग्राहक सेवालाई सजिलोका लागि केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकमजम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्