मुक्तिनाथ विकास बैंकले गर्ने भयो २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले केही समयअघि जारी गरेको ४० प्रतिशत हकप्रदले समेत पाउने गरि २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लागानीकर्ताले पाउनेछन्। हाल बैंकको चुक्ता पूँजी दुई अर्ब १५ करोड ९८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५९ करोड नाध्नेछ ।

प्रतिक्रिया दिनुहोस्