सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

काठमाडौं,२६ असार । आज सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य भने मंगलबारको दरमा नै कारोबार कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलामा एक हजार ८७० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबार यस्तो मूल्य चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्