आशा जगाउने गरि मौद्रिक नीति ल्याइने गभर्नर अधिकारीको संकेत

काठमाडौं,२५ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को मौद्रिक नीति व्यवसायीहरुको निराशा र चुनौतीको बीच ल्याउने तयारी भइरहेको बताएका छन् । निरास भइनहाल्न ढाडस पनि दिएका छन, यसले आशा जगाएको छ । अधिकारीले यसका लागि अहिले सबै पक्षसँग राय लिइरहेको र छलफल पनि जारी राखेको बताएका छन् ।

सोमबारको अर्थ समितिको बैठकमा उनले आगामी मौद्रिक नीतिका सम्बन्धमा सांसदहरुको चासोको विषयलाई सम्बोधन गर्दै सबैलाई समेट्न सक्दैन, यसका पनि आफ्नै बाध्यता र सीमितता रहेका । गभर्रन अधिकारीले थपे मौद्रिक नीतिले बढि भन्दा बढि क्षेत्र समेट्नु पर्छ भन्ने चासो सबैको रहेको पनि उनले बताए ।

देशसंग अहिले १२ महिनालाई पुग्ने बिदेशी मुद्रा सञ्चिती रहेको उल्लेख गर्दै अपेक्षा गरे अनुसारको राजस्व उठ्न भने नसकेकोे पनि उनले बताए ।

उनले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएर ३.७ प्रतिशत पुगेको छ । यो अलि चिन्ताको बिषय भएको तर यो बिस्तारै सुधार हुने पनि बताए । अहिले निर्माण व्यवसायीले काम गरेको रकम पनि नपाएको अवस्था छ, ब्याजदर घटेको अवस्थामा पनि कर्जा प्रवाह हुन सकेको छैन । हामीले यसलाई नजिकबाट हेरिरहेका छौ, यसै स्थितीलाई सुधार गर्ने खालको मौद्रिक नीति आउनेमा पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्