मंगलबार सुनचाँदीको दुबैको भाउ घट्यो

काठमाडौं,२५ असार । मंगलबार सुनचाँदीको दुबैको भाउ घटेको छ ।

आज छापावाल सुन तोलामा ९०० रुपैयाँ घटेर प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँमा सुनको कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्