सुनको मूल्यले बनायो हालसम्मकै नयाँ उचाई

काठमाडौं,२३ असार । आइतवार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ उचाई बनाएको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको हो ।

आज छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ । तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि गत जेठ २५ गते, यस्तो सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो भने आज यसलाई पछाडी छोड्दै उच्च रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्