सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुजैनी एक्स्चेन्ज, कुवेत बिच रेमिटान्स सेवा सुरु

काठमाडौं । मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको ख्यातीप्राप्त मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्जबिच रेमिटान्स सेवा सुरु भएको छ ।

अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ शाखाहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।

अल मुजैनी एक्स्चेन्जका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्तm गर्दै आगामी दिनहरुमा नयाँ प्रविधि र बृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्