सुनचाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,२१ असार । शुक्रबार पनि सुनचाँदी दुबै बहुमूल्य धातुको भाउ बढेको छ ।

आज छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्