माछापुच्छ्रे बैंकको आकर्षक सुबिधा सहितको एम.बि.एल.स्मार्ट बचत खाता संचालनमा
काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको एम.बि.एल.स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम रु ५,००० बचत गरी ६.०० प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता मार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् ।
स्मार्ट सुविधा अन्र्तगत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तर शाखा कारोबार सुविधा निःशुल्क तथा लकर सुविधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका छन् ।
उक्त खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधा समेत प्रदान गर्ने भएको छ । जसमा ग्राहकले रु पाँच लाख सम्मको दुर्घटना बिमा, रु १ लाख सम्मको अस्पताल भर्ना खर्च र रु ५ हजार सम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्नसक्ने जनाएको छ ।
बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहक वर्गलाई प्रोत्साहित गर्ने उद्देष्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।
बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।















प्रतिक्रिया दिनुहोस्