सुनचाँदी दुबैको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं,२० असार । बिहिबार सुनचाँदीको दुबैको भाउ बढेको छ । छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्