आज सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं,१९ असार । बुधबार सुनचाँदीको भाउ सामान्य बढेको छ । आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि, आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्