सरकार परिवर्तनको सहमतिसंगै सेयर बजारमा उछाल, दोस्रो सर्किट

काठमाडौं,१८ असार । सरकार परिवर्तन हुने भएसँगै सेयर बजारमा उछाल आएको छ । लामो समयदेखि निरासा देखिएको शेयर बजारमा आज भने सकारात्मक सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो भने २० मिनेट पछि खुलेको बजार थप १ प्रतिशत बढेर ५ प्रतिशत पुगेर बन्द भएको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक ९४ प्रतिशत० बढेको थियो । पुन कारोबार शुरु भएर १०२.६८ प्रतिशत पुगेर दोस्रो पटक कारोबार रोकिएको छ । पहिलो सर्किट ब्रेक लागेपछि पुन दोस्रो पटक सकरात्मक सर्किट लागेको छ । अब ४० मिनेटका लागि कारोबार रोकिएको छ । २३२ कम्पनीको मूल्य बढेको छ भने एकको स्थिर छ ।

शेयर कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्