सुन र चाँदीको मूल्यमा झिनो वृद्धि

काठमाडौ,१८ असार । आज सुन र चाँदी दुबैको मूल्यमा झिनो वृद्धि भएको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज बजारमा चाँदीको मूल्य तोलामा एक हजार ८०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्