धितोपत्र बोर्ड अध्यक्ष छनोट विवाद सर्वोच्चमा पुग्यो

काठमाडौं, १७ असार । धितोपत्र बोर्ड अध्यक्ष छनोट विवाद प्रक्रिया रद्द गर्न नहुने भन्दै सर्वाेच्चमा रिट परको छ । अध्यक्ष छनोटको सूचीमा परेका उम्मेदवार सन्तोष नारायण श्रेष्ठले सोमबार रिट दायर गरेका हुन् । सर्वोच्च अदालतले पनि मुद्दा दर्ता भएको पुष्टि गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बेद उप्रेतीले सो सम्बन्धि रिट दर्ता जानकारी दिएका छन् । साथै उनले रिटका सम्बन्धमा मंगलबारलाई पेशी तोकिएको जानकारी समेत दिएका छन् ।
‘ धितोपत्रको इतिहासमा आजसम्म प्रक्रियाको अन्तिम समयमा पुगेको अवस्थामा विभिन्न वाहना बनाई रद्द गर्नु कानून विपरीत हो ।’ उनले भनेका छन ।

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको थियो । सर्ट लिस्टमा परेका पाँच जनामध्ये तीन जनाले कार्यमूल्यांकन प्रस्तुती नै नदिएपछि रद्द हुने अवस्थामा पुगेको थियो । छनोट समितिले महान्यायधिवत्ता कार्यालयबाट राय माग गरेको थियो । कार्यालयले तीन जना उम्मेदवार पेश गर्नु वा रद्द गर्नु भन्ने राय दिएको थियो ।

त्यसलाई आधार मानेर नियुक्ति प्रक्रिया नै रद्द भएको थियो । छनोट समितिका संयोजक मिनबहादुर श्रेष्ठले अनुपस्थित पाँच जनामध्ये तीन जना वा पाँच जनाकै नाम सिफारिस गर्ने प्रस्ताव राखे पनि अर्थ सचिव मधुकुमार मरासिनीले रद्द गर्नुपर्ने अडान लिएपछि नियुक्ति प्रक्रिया रद्द भएको थियो ।

कार्य मूल्यांकन प्रस्तुती सन्तोष नारायण श्रेष्ठ र मुक्ति नारायण श्रेष्ठले दिएका थिए भने अन्य उम्मेदवार डा नवराज अधिकारी, चिरञ्जीबी चापाँगाई र कृष्णवहादुर कार्कीले अन्तरवार्तामा अनुपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्