सुनको भाउ सामान्य बढ्यो, चाँदी स्थिर

काठमाडौं,१७ असार । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्