सुनको भाउ सामान्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं,१६ असार । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । आइतबार छापावाला सुन तोलमा २ सय रुपैयाँले बढेको हो ।

प्रतितोला छापावाला सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्