सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं,१४ असार । शुक्रवार सुनचाँदीको भाउ सामान्य बढेको छ । आज छापावाला सुन १ हजार रुपैयाँले बढेको हो ।

छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्