बिहीवारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,१३ असार । आज बिहीवारको डलरको मूल्य बढेको छ । अघिल्लो दिन १३३ रुपैयाँ ८० पैसा रहेको अमेरिकी डलरको बिक्रीदर यस दिन बढेर १३४ रुपैयाँ २ पैसा पुगेको छ । त्यसैगरी, बुधबार, १३३ रुपैयाँ २० पैसा रहेको डलरको खरिददर, यस दिन बढेर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा तोकिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ५१ पैसा र बिक्रीमा १४३ रुपैयाँ १५ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा पाइन्छ ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६० पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्