रैराङ हाइड्रोपावरको आईपिओ वैशाख ३१ गतेदेखि खुल्दै

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही वैशाख ३१ गतेदेखि आईपिओ बिक्री गर्ने भएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्यमा कर्मचारी र सर्वसाधारणलाई सहित ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीको सेयर बिक्री तथा निष्काशन एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ८ लाख ४० हजार कित्ता सेयर मध्ये ३३ हजार ६ सय कित्ता संस्थाका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले ७ लाख ६४ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

उक्त आइपिओमा वैशाख ३१ गतेदेखि छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म आवेदन गर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्