त्रिभुवन विमानस्थलबाटै ३८ क्वीन्टल सुन तस्करी

काठमाडौं । चार वर्षयता नेपालमा संगठित रुपमा सुन तस्करीको धन्दा चलाइरहेका चूडामणि उप्रेती (गोरे) को योजनामा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुल्न आएको छ ।

साढे ३३ केजी सुन प्रकरणको छानविन गर्न गठित समितिले विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरेको रजिष्ट«रमा ४२१ पटक सुन तस्करी भएको खुलेको हो । साढे ४ वर्षमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको समितिलेको निष्कर्ष निकालेको छ ।

बरामद गरेको रिजष्ट्रारमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत उल्लेख भएको छ ।

उनीहरुले सुन तस्करीका लागि तत्कालीन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएर सुन तस्करी गरेको भेटिएको छ । यक्त गिरोहले प्रहरीसँग सेटिङ मिलाउन कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई बुझाएको लेजर समेत फेला परेको छ ।

प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको छ ।

गोरेले प्रहरी अधिकारीहरुलाई मामा भनेर सम्बोधन गरेका छन् । तत्कालिन प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरक्षिक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख भेटिएको छ ।

त्यसरी तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ, एसएसपी श्याम खत्रीले १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ र डिएसपी सञ्जयबहादुर राउतले ६ पटकमा १५ लाख रुपैयाँ गोरेबाट लिएको खुल्नमा आउको छ ।

प्रतिक्रिया दिनुहोस्