अर्थतन्त्रको मेरुदण्ड पूँजीबजारलाई उत्साहित बनाउने मौद्रिक नीति आउँछ, लयमा फर्कन्छ बजारः अर्थमन्त्री पुन

काठमाडौं, ११ असार । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति पूँजीबजारलाई उत्साहित बनाउने गरी आउने बताएका छन्। अर्थमन्त्री पुनले सोमबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारलाई उत्साहित बनाउने बताएका हुन्।

आगामी वर्षको मौद्रिक नीति खुकुलो आउँछ, जसले समग्र शेयरबजार उत्साहित हुन्छ र फेरि पनि शेयरबजार लयमा फर्किन्छ, –उनले भने

उनले सरकार पुँजीबजार प्रति सकारात्मक रहेको बताउँदै मौद्रिक नीतिमार्फत लगानीकर्ताको माग सम्बोधन हुने बताए। अर्थमन्त्री पुनले मौद्रिक नीतिलाई खुकुलो बनाएर लैजान छलफल भइरहेको बताए।

सरकार स्पष्ट छ, अर्थतन्त्र कहाँ छ त्यसलाई देखाउने ऐनाको रुपमा शेयर बजारलाई हेरेको छ। र बजारप्रति सरकार सकारात्मक छ, – उनले भने ूशेयरबजारलाई सकारात्मक रुपले लैजाने सरकारले सोच बनाएको छ।

प्रतिक्रिया दिनुहोस्