आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पूँजीबजारलाई उत्साहित बनाउँछ: अर्थमन्त्री पुन

काठमाडौं, ११ असार । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति पूँजीबजारलाई उत्साहित बनाउने नीति ल्याउन लागको बताएका छन् । मंगलबार संसदमा सांसदहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारलाई उत्साहित बनाउने बताएका हुन्।

उनले शेयर बजार अर्थतन्त्रको ऐना भएकाले हाम्रो अर्थतन्त्र कहाँ छ भन्ने दसाउने उनले बताउँदै उनले आगामी वर्षको मौद्रिक नीति पूँजी बजारलाई व्यवीसथत र खुकुलो नीति ल्याउन तयारी गरिरहेको मन्त्री पुनले खुलासा गरे । आउने मौद्रिक नीतिले समग्र शेयरबजार उत्साहित हुन्छ र फेरि पनि शेयरबजार लयमा फर्किन्छ,ू उनले भने

उनले सरकार पुँजीबजार प्रति सकारात्मक रहेको बताउँदै मौद्रिक नीतिमार्फत लगानीकर्ताको माग सम्बोधन हुने बताए। अर्थमन्त्री पुनले मौद्रिक नीतिलाई खुकुलो बनाएर लैजान छलफल भइरहेको बताए। ूसरकार स्पष्ट छ, अर्थतन्त्र कहाँ छ त्यसलाई देखाउने ऐनाको रुपमा शेयर बजारलाई हेरेको छ। र बजारप्रति सरकार सकारात्मक छ,ू उनले भने ूशेयरबजारलाई सकारात्मक रुपले लैजाने सरकारले सोच बनाएको छ।ू
यसले गर्दा अब बजार बढ्नुको विकल्प छैन उनको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस्