सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

काठमाडौं,११ असार । आज सुनको मूल्य स्थिर रहेको छ । त्यस्तै चाँदीको मूल्य सामान्य घटेको छ ।

सोमबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि, आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्