फोरमले भन्यो – संविधान संशोधनबारे टुंगो नलागेसम्म सरकारमा सहभागि हुदैनौ !

काठमाडौं–संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनबारे टुंगो नलागेसम्म सरकारमा सहभागि नहुने भएको छ ।  हिजोदेखि राजधानीमा शुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधान संशोधनको विषय टुगों नलागेसम्म सरकारमा सहभागी नहुने धारणा राखेका छन् ।

बैठकमा फोरम नेपालले आफ्नो अडान कायम राख्नुपर्ने सुझाव आएको केन्द्रीय सदस्य एवं प्रदेश १ का सांसद जयराम यादवले बताए ।

यसअघि फोरम नेपालको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेपनि सविधान संशोधनको विषयमा कुरा नमिलेपछि केपी ओली नेतृत्वको सरकारमा सहभागि भएको छैन । बैठक आजपनि जारी छ ।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पेस गरेका राजनीतिक प्रतिवेदनमाथि हिजो छलफल भएको थियो । आज सांगठनिक प्रतिवेदनमा माथि छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्