बैंकको खराब कर्जा बढ्नुमा अर्थतन्त्रमा देखिएको शिथिलता : गभर्नर अधिकारी

काठमाडौं,९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैंकको खराब कर्जा बढनुको मूख्य कारण आर्थिक शिथिलता रहेको बताएका छन् । नियमित रुपमा कर्जा बृद्धि नहुँदा पनि खराब कर्जा बढेको उनले बताए ।

नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मोनिटरिङ र रिफर्मको कारणले पनि सहि तथ्यांक बाहिर आउदा खराब कर्जा बढेको उनले बताए । खासगरि, साना व्यवसायका साथै निर्माण क्षेत्रमा बढी खराब कर्जा रहेको उनले बताए ।

गभर्नर अधिकारीले भने बैंकको न्यूनतम नाफा सुनिश्चित हुनुपर्नेमा जोड दिए । अहिले आरओआई(रिर्टन अन इन्भेष्टमेन्ट) ८ प्रतिशतभन्दा तल झरेको र यो बैंकको ब्याजदरकै हाराहारीमा रहेका बताए । बैंकिङ क्षेत्रका लागि यो नाफा धेरै कम भएको उनले थपे ।

उनले देशको अर्थतन्त्र चलायमान गराउनमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान भएको र यस क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन कठिनाई हुने निश्चित छ ।

सहकारी पनि आर्थिक गतिविधि हुने क्षेत्र भएकोले सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्तिसहितको आवश्यकता रहेको र सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्