बुद्ध एयरले राजविराजमा ७२ सिट क्षमताको उडान थप्ने

काठमाडौं । बुद्ध एयरले ७२ सिट क्षमताको जहाज थप्ने भएको छ । यात्रुहरुको चाप बढेका कारण ‘कलसाइन ९ एन–एएमयु’ नामक एटिआर–७२ जहाज थप्न लागेको हो । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त भैसकेको छ ।

राजविराज विमानस्थलको काम सबै सम्पन्न भैसकेपछि बुध्द एयरले परीक्षण उडान भर्ने तयारी गरेको छ । साथै त्यहाँ विमानलाई इन्धन भर्न पनि सहज बनाइने भएको छ ।

राजविराजबाट तीन किलोमिटरको दूरीमा रहेको विमानस्थलको २०१६ सालमा तत्कालीन उद्योगमन्त्री गणेशमान सिंहद्वारा शिलान्यास गरिएको थियो । त्यसपछि पटक–पटक विमान सेवा सञ्चालनमा आए पनि धावनमार्ग पक्की नहुँदा सेवा बन्द हुँदै आएको छ ।

पछिल्लोपटक २०४६ साल मंसिर २ गतेदेखि यस विमानस्थलबाट हवाई सेवा पूर्ण रूपमा ठप्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस्