सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

काठमाडौं,५ असार । सुनको मूल्य लगातार दुई दिनदेखि स्थिर रहेको छ । आज बुधबार पनि सुन मंगलबारकै मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने केहि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्