नेपाल बंगलादेश बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल बंगलादेश बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा प्रयोजनका लागि कात्तिक १३ देखि मङ्सिर ३ सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको थियो । बैंकले आगामी मंसिर ३ गतेका लागि साधारण सभा बोलाएको छ ।

आज सम्म सेयर खरिद गरेका लगानीकर्ताले बैंकको साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

बैंकले साधारणसभा बाट १२ प्रतिशत बोनस शेयर तथा ३.७९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै साधारणसभाले तीन संस्थापक र ३ सर्बसाधारण समूहबाट संचालकको निर्वाचन गर्नेछ ।

७ अर्ब २१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनबि बैंकको १२ प्रतिशत बोनसपछि ८ अर्ब ८ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्