सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

काठमाडौं,२ असार । आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २० रुपैयाँ कायम भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्