पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं,२ असार । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाए घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्