वाणिज्य बैंक मध्ये सबै भन्दा बढि १ प्रतिशत व्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक अरुको सामान्य घट्यो
काठमाडौं,३२ जेठ । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर जेठ महिनाको तुलनामा केहिले सामान्य घटाएका छन् भने कहिले सामान्य बढाएका छन् ।
जेठ महिनामा औषतमा ६.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६.८७ प्रतिशतविन्दुमा झरेको छ । असार महिनाका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर ०.१२ प्रतिशतविन्दु घटेको हो। त्यस्तै, बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१२९ प्रतिशतविन्दु घटेको छ ।
२० वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । ११ बैक मध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतविन्दु ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ । त्यसैगरि, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५.५ प्रतिशतमा झरेको छ ।
असार महिनाको लागि ३ बैंकहरुले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउने बैंकहरुमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक हुन । हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतविन्दु ब्याजदर बढाएको छ । यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.२५ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक नै रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्