सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो
काठमाडौं, ३१ जेठ । बिहिबार सुनको मूल्य स्थिर रहेको छ । आज पनि बुधबारको मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्