साढे ३३ किलो सुन तस्करी प्रकरणमा ६३ जनाविरूद्ध मुद्दा दर्ता, धेरै जसो प्रहरी नै संलग्न
काठमाडौं । हाल सम्मकै चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा सबै भन्दा बढि प्रहरी संलग्न भएको देखिएको छ । जिल्ला अदालत, मोरङमा प्रहरी अधिकारी सहित ६३ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
पक्राउ परेका प्रहरीका ७ अधिकारीसहित २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो ।
जिल्ला अदालत, मोरङका अनुसार अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको पुष्टि गरे छ ।
मुद्दामा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीहरु प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णु बहादुर खड्का विरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ ।
त्यसैगरि विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मोरङ्ग जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ भने मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा र मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाइएको छ ।
सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुडामणि उप्रेती गोरे भने अझै फरार छन् । उनी भारतमा लुकेर बसेको प्रहरीको आशंका छ ।
प्रतिक्रिया दिनुहोस्