१० महिनामा बैंकहरुले कमाए ४८ अर्बभन्दा धेरै नाफा, सबै भन्दा कम कमाउनेमा नेपाल बैक लि.

काठमाडौं,३० जेठ । वाणिज्य बैंकले १० महिनामा ४८ अर्बभन्दा धेरै खुद नाफा कमाएका छन्। वैशाख मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकले ४८ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले वैशाख मसान्तसम्म नबिलले ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यसले ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको छ । त्यसैगरि, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ ।

यसअवधिमा ८ बैंकको खुद नाफा २ अर्ब रुपैयाँभन्दा धेरै छ । ती बैंकमा एभरेष्ट बैंक लि. कृषि बिकाश बैंक लि., स्ट्यानर्डड चार्टड बैंक लि., राष्ट्रि«य बैंक लि., प्रभु बैंक लि., एनएमबी बैंक लि.,हिमालयन बैंक लि. र एनआईसी बैंक लि. रहेका छन् । त्यसैगरि, ७ बैंकको नाफा १ अर्बभन्दा माथि छ । १ अर्ब माथी कमाउनेमा सिद्घार्थ बैंक लि., सनराइज लक्ष्मी बैंक लि. सानिमा बैंक लि. सिटिजन्स बैंक लि., नेपाल एसबिआई बैक लि. र माछापुच्छ्रे बैंक लि.रहेका छन् ।

यस अवधिमा सबै भन्दा कम कमाउनेमा नेपाल बैंक रहेको छ । उस्ले सबैभन्दा कम ५९ करोड रुपैयाँ कमाएको हो ।

प्रतिक्रिया दिनुहोस्