सुनको मूल्य निरन्तर स्थिर, चाँदीको घट्यो

काठमाडौं,२९ जेठ । सुनको मूल्य निरन्तर दुई दिन स्थिर रहेको छ । मंगलबार सुनको मूल्य स्थिर भएको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । गत हप्ता सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला एक हजार ५५६ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्