सुन र चाँदीको भाउ स्थिर

काठमाडौं,२८ जेठ । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नयाँ नयाँ रेकर्ड बनाउदै बढेको सुनको मूल्य आइतबार भने ४ हजार रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारकै मूल्यमा नै सुन खरिद बिक्री भएको हो ।

त्यस्तै, चाँदीको आज मूल्य पनि स्थिर छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्