सहकारी ठगी प्रकरणमा पक्राउ परेका सीबी लामा कारागार चलान

काठमाडौं,२७ जेठ । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सीबी लामा कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका हुन् । प्रहरीले लामालाई जेठ १८ मा चितवनबाट पक्राउ गरेको थियो ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रकम अपचलन गरेको आरोप लामा उनीविरुद्ध लागेको छ ।

प्रतिक्रिया दिनुहोस्