धादिङमा चारवटा सवारी साधन ठोक्किएर आगलागी

काठमाडौं।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ महादेवबेसीमा चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ ट्रक र मोटरसाइकलमा आगलागी भएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा७५प ६०५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलाई जोगाउने क्रममा गजुरीतर्फ आउँदै गरेको बा२ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा २७८१ नम्बरको ट्रक ठक्कर खाएको थियो ।

त्यसको लगत्तै धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा३६प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा आगलागी भएको हो । आगलागीबाट सिमेन्ट बोकेको ट्रक र बा३६प ४२३९ नम्बरको मोटरसाइकल जलेको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्