मौद्रिक नीतिको समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक
काठमाडौं,२७ जेठ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि तयारी थालेको छ । आर्थिक वर्ष सकिन लागेसँगै केन्द्रिय बैंकले मौद्रिक नीतिको तयारी थालेको हो ।
राष्ट्र बैंकले आइतबार मौद्रिक नीति तर्जुमाको लागि सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । केन्द्रिय बैंकको आर्थिक अनुसन्धान विभागमा असार १६ गतेभित्र सुझाव पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
केन्द्रिय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केही लचिलो नीति लिन तयारी थालेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेनै केही दिन अघि मौद्रिक नीतिमा थप लचकता अपनाइने बताएका संकेत दिइसकेका छन् ।
अहिले अर्थतन्त्र चलयमान हुन नसकेको अवस्थामा केन्द्रिय बैंकले अर्थतन्त्र चलायमान हुने गरी खुकुलो नीति तर्जुमा गर्ने तयारी गरेको छ । सरोकारवाला पनि अर्थतन्त्र चलायमान बनाउन खुकुलो नीति लिनु पर्नैमा जोड दिनु पर्ने बताई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्