राष्ट्रिय वाणिज्य बैंकका चार नयाँ शाखाबाट कारोबार सुरु

काठमाडौं ।  राष्ट्रिय वाािण्ज्य बैंकले चार वटा नयाँ शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ । बैंकले सुर्खेत जिल्लाको गुर्भाकोट न.पा.–८ मा मेहेलकुना शाखा, अछाम जिल्ला सांफेबगर न.पा.–८ मा बयलपाटा शाखा, कैलाली जिल्लाको गैरीगंगा न.पा.–३ मा चौमाला शाखा र खोटाङ जिल्लाको ऐंसेलुखर्क गा.प.–३ मा ऐंसेलुखर्क शाखाबाट कारोबार सुरु गरेको हो ।

बैंकको हाल ६९ जिल्लामा १८६ वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्