सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, अब एक तोला सुन किन्न १ लाख ४४ हजार तिर्नु पर्ने

काठमाडौं,२४ जेठ । सुनको मूल्यले फेरि अर्को रेकर्ड कायम गरको छ । आज सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनले गत मंगलबारको प्रतितोला एक लाख ४२ हजार ७०० रुपैयाँ उच्च रेकर्ड तोडेर बिहिबार नयाँ रेकर्ड बनाएको हो ।

त्यसैगरि, बिहीबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८५० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्