सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम

काठमाडौं,२२ जेठ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । लगातार दुई दिन घटेको सुनको भाउ आज तोलामा १ हजार ७०० रुपैयाँले महंगिएको हो । आज मंगलबार छापावाल सुन तोलाकै एक लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । यो नै हालसम्मकै महंगो दरमा कारोबार भएको दिन भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ

मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले महंगिएर प्रतितोला एक हजार ८६० रुपैयाँ पुगेको छ । हिजो भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्